
सुर्खेत, १४ जेठ ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको टोलीले आज (सोमबार) ठुलो परिमाणमा सालको काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो ।

प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार बिशेष सुचनाको आधारमा दिनको करिब ३ बजे बराहाताल गाँउपालिका वडा नं.०५ साजपानी स्थीत भुपेन्द्र बि.क.र शेरबहादुर बि.क. को घरबाट ७५० थान सालको काठ बरामद गरेको थियो ।
श्रेष्ठका अनुसार बरामद गरिएका ७५० थान सालको काठको कडी र पटरी ईलाका बन कार्यालय बाडीचौर मा बुझाइएको छ ।




Milan Shrestha । १४ जेष्ठ २०७५, सोमबार १४:०८ बजे