बैशाख २३ गते सम्म जमुनाहा सीमानाका बन्द हुने


२० बैशाख, बाँके । भारतमा भैरहेको १७औ‌ लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै शनिबार बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका जमुनाहा ४८ घण्टा बन्द हुने भएको छ ।

यसैवीच यही बैशाख २३ गते भारतको बहराइचमा हुने निर्वाचन सुरक्षाको सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासन कार्यालय बाँकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमति अनुसार सीमा नाका बन्द गर्न लागिएको बताएको छ । सीमा नाका बन्द हुँदा अत्यावश्यक तथा बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नदिने बाहेकका अन्य सम्पूर्ण आवतजावत पूर्णरुपमा बन्द हुने पनि प्रशासन द्वारा जारी सूचनामा उल्लेख छ।