डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते


१५ जेठ, डडेल्धुरा ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

डडेल्धुरा प्रहरीले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।  अनलाइनखबरबाट