ब्लड बैकको आजीवन सदस्यतामा बृद्धि


मिलन श्रेष्ठ
१३ असोज सुर्खेत । लायन्स मल्टिपल काउन्सिल नेपालको अभियानमा संचालित टियु लायन्स ब्लड टान्सफूसन एण्ड रिसर्च सेन्टरको सदस्यतामा बृद्धि भएको छ ।

लायन्स मल्टिपल काउन्सिलको पहलमा संचालन हुन लागेको ब्लड बैकको लागी त्रिभुवन बिश्वबिधालयले उपलब्ध गराएको जग्गामा भवन निर्माण समेत भई सकेको छ । तर पनि ब्लड बैक संचालनका लागी हाल सम्म मन्त्रिपरिषदको निर्णय नभईसकेको हुदा संचालनमा आउन केहि समय अझै लाग्ने छ ।

एरिया नम्बर ६ का एरिया चिफ हरिहर बस्नेतले हाल सम्म नेपालमा समयमा नै पर्याप्त मात्रामा ब्लडहरु उपलब्ध गराउन नसकिएको अवस्थामा अन्तराष्ट्रिय लायन्स क्लबको सहयोगमा नेपालमै पहिलो पटक बैकको स्थापन गर्न लागिएको हो । बैक संचालन पश्चता अधिराज्य भरिका विभिन्न स्थानहरुमा आफ्नो क्षेत्रको बिकास संगै आवश्यकता अनुशार शाखाहरु बिस्तार गर्ने लक्ष्य लिएको छ ।

लायन्स क्लब अफ ३२५ बी २को आयोजना वीरेन्द्रनगरमा आयोजना एक कार्यक्रमा लायन्स क्लब अफ सुर्खेत, शिबबिहारका पुर्व अध्यक्ष ला. प्रवेशमान मानन्धर र निवर्तमान अध्यक्ष ला.गोरख रावतले कार्यक्रम बिच सदस्यता लिनु भएको हो ।

ब्लड बैकमा आजीवन सदस्यता लिनका लागी लायन्स नै हुनु पर्दछ भन्ने छैन । यस महान कार्यका लागी ईच्छुक व्यक्तिहरुले स्फुत रुपमा सदस्यता बन्न सकिने प्रावधान रहेको छ ।