
मिलन श्रेष्ठ
सुर्खेत,२० असोज । सुर्खेत युवा चित्रकार उत्तम खड्काले तयार पारेको एकल चित्रकला “कोलाजहरुको दैया” शनिवारका (आज) विधिवत रुपमा प्रदर्शनी भएको छ । सैनिक आवासीय महाबिद्यालय सुर्खेतका शिक्षक समेत रहेका खड्काले तयार पारिएको ३५ वटा चित्रकला प्रर्दशनीमा राखिएको थियो ।
चित्रकार खड्का अनुशार प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई सृजनशिलता तर्फ आकर्षित गर्नुका साथै विभिन्न माध्यमबाट तयार गर्न सकिने जलरंङ्ग, तेलचित्र, चारकोल आर्ट र एक्रोलिन आर्ट बारे जानकारी गराउनु अनि ओझेलमा पर्न लागेको चित्रकलाको प्रचार–प्रसारका गर्नु रहेको थियो । शनिवारका दिन प्रर्दशनिमा राखिएको चित्रकलामा मुख्य गरी पश्चिम नेपालको सांस्कृतिक, धार्मिक, मौलिक, परम्परा, भेषभूषा, मूल्यमान्यता, भुगोल, संस्कार र सँस्कृति झल्कने र प्रतिनिधित्व गर्ने खालका रहेका थिए ।

शनिवार स्थानिय घण्टाघर पार्क नजिकै रहेको होटल भ्याली भ्यू कटेजमा प्रदशनीमा राखिएको चित्रकला बिहान १० बजे देखि सांझ ४ बजे सम्मको समयमा ५०० भन्दा बढीले अवलोकन गरेका थिए भने प्रदर्शनीकै दिन १ लाख ५० हजारको चित्रहरु बिक्रि समेत भएको थियो ।
प्रदर्शनीको उद्घाटन उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रि नन्दसिंह बुढाले गर्नु भएको थियो ।



Milan Shrestha । २० आश्विन २०७५, शनिबार ०८:३२ बजे