भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख रुपैया जरिवाना


 

तस्विरः सदरलाइनडटकम ।

१८ जेठ, नेपालगन्ज : कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाइएको छ । राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको अदालतका श्रेष्तेदार ईन्द्र कठायतले जनाकारी दिए ।
जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला सुनाएको कठायतले बताए । भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने अदालतले सफाई दिएको छ । भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका सोही ठाउँकै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिएको छ ।
गत फागुन २४ गते अन्तर्रा्ष्ट्रिय नारी दिवसकै दिन बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो । उक्त घटनाको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमै विरोध भएको थियो । बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।१ खर्ब २५ अर्ब रुपैयाँ खर्च हुने जुन सरकारी ढुकुटीबाट धान्न नसकिने चेतावनी प्रशासन क्षेत्रका विज्ञहरुले दिएका थिए । हाल पेन्सनमा मात्रै वार्षिक ४५ करोड रुपैयाँभन्दा बढी भार सरकारलाई पर्दै आएको छ ।
ग्रिसमा पेन्सनको भार बढ्दै गएर कुल बजेटको २० प्रतिशतसम्म खर्च हुन थालेपछि अर्थतन्त्र नै धरासायी भएको थियो । नेपालमा पनि त्यस्तै अवस्था नआओस् भनेर पुरानो पेन्सन प्रणाली खारेज गरिएको अर्थ मन्त्रालयका अधिकारीहरु
बताउँछन् ।

साभारः सदरलाइनडटकम