
पौष ९, सुर्खेत ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको खाडामा भएको आगजनीबाट पीडितलाई तत्काल राहत स्वरुप कालीकोटका बिभिन्न स्थानिय निकायहरुले पनि आर्थिक सहयोग गर्ने निर्णय गरे संगै छिमेकी जिल्ला जुम्लाको हिमा गाँउपालिकाले पनि सहयोग गरेको छ ।
जिल्लाको सान्नित्रिबेणि गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाही र नरहरीनाथ गाँउपालिका उपाध्यक्ष मनशोभा बुढाले प्रेस बिज्ञप्ति जारी गर्दै दुई / दुई लाख रकम सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । त्यस्तै छिमेकी जिल्ला जुम्लाको हिमा गाँउपालिकाका अध्यक्ष रजबहादुर शाहीले प्रेस विज्ञप्ती जारी गर्दै रु १ लाख सहयोगको घोषणा गर्नुभएको हो ।

यसैगरि रास्कोट नगरपालिकाका प्रमूख काशिचन्द्र बराल र तिलागुफा नगरपालिकाका प्रमूख रतनबहादुर शाहीले आगलागि पीडितलाई एकएक लाख रकम सहयोग गर्ने पनि घोषणा गरेको छ । यसैगरि छिमेकि जुम्ला जिल्ला हिमा गाँउ पालिकाका अध्यक्ष रजबहादुर शाहीले पनि रु एकलाख रकम सहयोगको घोषणा गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारले प्रति घरपरिवारलाई २० हजार रुपैयाँ नगद र खाद्यान्न तथा कपडा सहयोग गर्ने निर्णय सँगै राहत सामाग्री बितरण टोली घटनास्थलमा पुगिसकेको छ भने संघिय राजधानि, प्रदेश राजधानी, जिल्लामा पनि सहयोग रकम संकलनको कार्य तिब्र गतिमा भइरहेको जनाइएको छ ।




Milan Shrestha । ९ पुष २०७५, सोमबार १७:२३ बजे