
प्रवाशकुमार शाक्य / मिलन श्रेष्ठ
१० बैशाख, सुर्खेत । विश्वलाई आतंकित पार्दै द्रुतगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर चैत्र २७ बजेदेखि ९ बजे सम्म र दिउँसो १ देखि ३ बजे सम्म प्रदेश राजधानी वीरेन्द्रनगर बजारका अतिआवश्कीय पसलहरु खुला गर्ने निर्णय गरेको थियो चैत्र २७ गते देखि बजारका अतिआवश्कीय पसलहरु संचालन गर्दा चौतर्फी बिरोध भयो भने समाजिक सञ्जालमा त झनै व्यापक विरोध गरियो ।
त्यसपछि अर्को बैठकले शुक्रवार ५ गतेबाट विहान ११ देखि दिउसो १ बजेका पसलहरु संचालन भए लगतै पुनः जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको निर्णय गलत भएको सावित भए पश्चात यस अघि गरिएका दुवै निर्णयहरु फितलो हुन गएको देखिएको थियो ।

तत्पश्चात कोभिड–१९ रोकथाम तथा नियन्त्रण व्यवस्थापन जिल्लास्तरिय कमाण्ड पोष्टका संयोजक एवं प्रजिअ रमेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अब अतिआवश्यक खाद्य पसलहरु हप्तामा ३ दिन सोमबार बुधवार र शुक्रवार विहान ७ बजेदेखि ९ बजे सम्म २ घण्टा मात्र खोलिने निर्णय गरेको पछि बैठकले तरकारी, ग्यास र दुग्ध जन्य पदार्थको भने प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजे सम्म दैनिक २ घण्टा सम्म विक्री वितरणकालागि खोलिने निर्णय अनुसार आज (बुधबार)का दिन स्थानिय अति आवश्यकीय बस्तुको पसलहरु संचालनमा आएता पनि सरकारले तोकेको समयअवधि भन्दा ढिला सम्म प्रहरी प्रशासनलाई नै चुनौती दिदै सर्वसाधारणहरु बाटोमा हिडिरहेको थिए भने कतिपय पसलहरु प्रहरीले बन्द गर्न अनुरोध गरिरहदा पनि जवरजस्ती संचालन गरिरहेको अवस्था थियो ।
यसै गरि जिल्ला ट्रफिक कार्यालय सुर्खेतका असइ हरिभक्त रोकायले सरकारको पछिल्लो निर्णय अनुसार प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार २ घण्टाका लागि लकडाउन खोलिने भनेता पनि सर्वसाधारणहरुले अटेर गरि जथाभावि रुपमा सवारी साधनहरु संचालन गरिरहेको बताउनुभयो । सरकारले गरेको लकडाउन नागरिकहरुले उल्लंघन गरि रोग तर्फ कुनै ध्यान नदिनएको गुनोस असई रोकायले गर्नुभयो । ‘हुन्छ हामी सुरक्षाकर्मिहरु दिनरात नभनि पासको दुरुपयोग हुन्छ कि भनेर बिरामी बोकेका एम्बुलेन्सहरुलाई समेतलाई चेक जाँच गरिरहेका छौ तर सर्वसाधरणहरुले यो कुरालाई किन बुझि रहनु भएको छैन? उहाँ प्रश्न गर्नुहुन्छ ।

जिल्ला प्रशासन सुर्खेतले मिती २०७७ साल बैशाख ६ गते गरेको निर्णय अनुसार आज दोस्रो दिन बुधबार बिहान ७ बजे देखि ९ बजे सम्म पसलहरु खुल्ने भनेपछि हाम्रो मिडिया टिमले गरेको अनुगमनका क्रममा मुख्य गरि बजारको हटियालाईन र स्थानिय गणेशचौकमा समयको पालन नगरि पसलहरु संचालन भईरहेको थिए भने डिउटीमा रहेको सुरक्षाकर्मि साथीहरुले पसल बन्द गर्नका लागि अनुरोध गर्दा समेत पसल बन्द गरेका थिएन् त्यसैले सरकारसंग हामि संचारकर्मिहरुको अनुरोध, यस्तै हो भने लकडाउन खुलाई देउ,
हाम्रो प्रश्न यदि लकडाउन तपाई सर्वसाधरणका लागि होईन भने के सरकारकालागि यो लकडाउन हो त?, के सुरक्षाकर्मिहरुका लागि यो लकडाउन हो ? कि दिनरात खटि रहने स्वास्थ्यकर्मि र संचार कर्मिका लागि मात्र लकडाउन हो ? । यदि तपाई हामिले बेलैमा नसोचे तपाई हाम्रै कारण हाम्रो देश नेपाललाई अमेरिका, इटली, जर्मन र भारत त बनाई रहेका छैनौं बेलैमा सोचौ ।



Milan Shrestha । १० बैशाख २०७७, बुधबार १५:१४ बजे