५ जेठ, काठमाडौं । आज सोमबार कोरोना भाइरस (कोभिड-१९)को संक्रमण एकैपटक ५३ जनामा पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले आज बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै अन्य संक्रमितहरु गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा गरि एकैपटक ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको उमेर १८ देखि ३६ सम्म रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Prawash Kumar Shakya । ५ जेष्ठ २०७७, सोमबार १६:३६ बजे