पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न राष्ट्रपतिको आग्रह


८ पुस, सुर्खेत । राष्ट्रप्रति विद्यादेवी पत्रकार आचारसंहिताको पालना गर्दै यसमा देखिएका समस्या समाधानको पहल गर्न तथा पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गर्नुभएको छ ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित २ दिने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले पत्रकारले सूचना र समाचार सम्प्रेषण गर्दा व्यक्ति आत्मसम्मानमा ठेस पुग्छ कि पुग्दैन समाचरको तथ्य केहो सबैमा चनाखो हुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सूचना र सञ्चारमामा सञ्चार माध्यम सँधै चनाखो भएर सुक्ष्म निगरानी राख्नुपर्ने हुन्छ ।”

राष्ट्रपति भण्डारीले अहिलेको समयमा डिजिटल सामाजिक सञ्जालको प्रभावले पत्रकारितामा असर परेको बताउनुभयो । यस्लाई नराम्रो भन्न त मिल्दैन तर चुनौती निकै रहेको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो ।

यसैवीच २ दिन सम्म सञ्चालन हुने केन्द्रिय साधारण सभाको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश र जिल्ला शाखा सुर्खेतले कार्यक्रम परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।