प्रजातन्त्र दिवसमा विविध कार्यक्रमको आयोजना गर्दै कर्णाली सरकार


४ फागुन, सुर्खेत । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवसलाई कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा गठित प्रदेशस्तरीय मूल समारोह समितिले आगामी सोमवार परेको ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको हो । सोमवार विहान ७ बजे मंगलगढी चोकबाट प्रजातन्त्र दिवसको नारा र प्लेकार्डसहित प्रभातफेरि कार्यक्रम गर्ने, ८ बजे जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गर्ने र सामाजिक विकास मन्त्रालयको सम्वन्यमा रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतनामूलक कार्यक्रम, मानव सेवा आश्रममा फलफू तथा खाद्यान्न वितरणलगायतका कार्यक्रम गरिने छ ।

रक्तदान आइतवार दिउँसो २ बजे जनस्वास्थ्य सेवा कार्यालयमा आयोजना गरिने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमालले जनाउनुभयो । साथै प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन पनि आग्रह गरिएको छ ।