अबैध रुपमा लुकाइ राखेको २५० क्यु फुट चिरान काठ फेला


 


सुर्खेत,१९ जेठ । अबैध रुपमा लुकाइ राखेको अवस्थामा २५० क्यु फुट चिरान काठ फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको टोलीले आज (शनिवार) ठुलो परिमाणमा फेला पारी ईलाका बन कार्यलय गुटु सुर्खेत लाई बुझाइयको।

ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो ।