कर्णाली प्रदेश सरकारले गर्यो यस्ता निर्णय


असोज २८, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको आजको बैठकले कोहलपुर सुर्खेत हिल्सा सडक निर्माण तथा स्तरोन्नतीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले चालु आवको वजेट कार्यान्वयनका लागि अपुग प्राविधिक कर्मचारी सेवा करारमा नियुक्त गरि तिव्रताका साथ कार्यान्वयन अघि वढाउने, मन्त्रालयहरुले कामलाई व्यवस्थित गर्न कार्यातालिका निर्माण गरि कार्यान्वयन गर्ने समेत निर्णय गरेको जनाइएको छ ।