काठमाडौं, २४ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (एमाले)को स्थायी समिति बैठक बस्दैछ ।
दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राजनीतिक र सांगठनिक विषयमा छलफल हुनेछ । बैठकमा विभिन्न सांगठनिक विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
सरकार परिवर्तनका हल्ला चलिरहेका बेला सुरू भएको एमालेको स्थायी समितिमा राष्ट्रिय सरकारको पहल भए बाधक नबन्ने विषयमा सहमति भएको नेताहरूले बताउने गरेका छन् ।
अमेरिका र भारतले सरकार परिवर्तन गर्न चलखेल गरेको भनेर स्थायी समितिमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई जोडेर समाचार आएपछि त्यसले बिबाद उत्पन्न भएको थियो । सो विषयमा पनि स्थायी समितिमा छलफल हुने बुझिएको छ ।
साभारः दैनिकैनेपाल अनलाइन



Prawash Kumar Shakya । २४ जेष्ठ २०७३, सोमबार ०२:५७ बजे