
२६ चैत्र, जुम्ला । विश्व भरी फैली रहेको कोरोनाका कारण लक डाउनमा बसीरहेका स्थानियहरुलाइ राहत बाडन गाउँपालीका अध्यक्ष घरघर पुग्नु भएको छ ।
हिमा गाँउपालिका जुम्लाले आफ्नो गाउँ पालिकामा स्थापना भएको बिपद नियन्त्रण तथा राहत कोष बाट नेपाल खाद्य संस्थान संग सहकार्य गरि हिमा गाउँ पालीकामा रहेका २ हजार ३ सय ३५ घरधुरी लाई ३०केजिका दरले चामल र २५ केजिका दरले नुन राहत स्वरुप बितरण गर्नु भएको हो ।
आज मात्र वडा नं. १, २, ३, ५, ६ र ७ वडाको आधा घरधुरी लाई गा पा अध्यक्ष रज बहादुर शाही र प्रमुख प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढा आफै राहत लिएर घरघर राहत बितरण गर्नुभएको अधिकृत बुढाले बताउनु भएको छ । बाँकी वडाहरुमा तीन दिन भित्र राहत पुर्याउने जानकारी दिनुभयो ।
राहत ले जनतामा खुसि छाएको र जनता लाई सरकार घर घरमा पुगेको अनुभुती भएको र हर्षित भएको समाजसेवी नवराज शाही र शिक्षा संयोजक पृथीबहादुर रावतले बताउनु भयो ।



Milan Shrestha । २६ चैत्र २०७६, बुधबार २०:३० बजे