जेठ २८, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको बजेट बितरणमुखी नभई उत्पादनमुखी हुने दाबी गर्नुभएको छ । परम्परागत शैलीको बजेट बितरण प्रक्रियाले समग्र विकास सम्भव नभएको भन्दै परीणाम निस्किने गरी बजेट बिनियोजन गर्ने तयारीमा सरकार रहेको उहाँले जानकारी दिनुभयो ।
सुर्खेतमा आज आयोजीत पत्रकार सम्मेलनमा बोल्दै कर्णाली प्रदेश सरकारलाई पत्रकारहरुले सकारात्मक सहयोग गरेको अनुभव सुनाउँदै मुख्यमन्त्री शाहीले प्रदेशको सडक, कृषि, जडिबुटी, बिद्युत्त, पर्यटन, खानी लगायतका क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार पार्ने र त्यसका आधारमा परीणाममुखी योजना सञ्चालन गरीनेमा जोड दिनुभयो ।
अन्य प्रदेशहरुको नेतृत्व कर्णाली प्रदेशले गर्ने जिकिर गर्दै मुख्यमन्त्री शाहीले पुरानो सोच, शैली र तरीकाले समग्र विकास सम्भव नभएको भन्दै नयाँ बिचार र नयाँ शैली अनुसरण गर्नु आजको आबस्यकता भएकोमा जोड दिनुभयो । महत्वकांक्षी नभई प्रगति हुन नसक्ने भन्दै मुख्यमन्त्री शाहीले महत्वकांक्षी सोच र योजना अनुसार काम गर्ने हो भने असम्भव कतै नहुने हुँदा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।



Milan Shrestha । २८ जेष्ठ २०७५, सोमबार ०५:५५ बजे