२९ जेठ खोटाङ
बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैंद फैसला सुनाइएको छ। १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालतले कैंद फैसला सुनाएको हो।
जिल्ला न्यायधिस किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई सोमबार सो कैंद सजाय सुनाएको अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले बताए।
आरोपितले २०७४ साल साउन २८ गते बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएपछि पिडकलाई घट्नाकै दिन प्रहरीले पक्राउ गरेको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको थियो। नागरिकन्यूजबाट



Milan Shrestha । २९ जेष्ठ २०७५, मंगलवार १०:४५ बजे