विद्यार्थीहरुले विद्यालयको गतिविधीहरुलाई नियाल्नुपर्छः अध्यक्ष मानन्धर


१७ बैशाख, सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय लाटीकोइली सुर्खेतले वडामा रहेको सामुदायिक विद्यालय शिव माध्यमिक विद्यालय लाटीकोइली र कोपिला माध्यमिक विद्यालय पर्सेनीबाट एसइइ दिएका विद्यार्थीहरुकालागि निशुल्क ३ महिने व्रिज कोर्ष, तयारी कक्षा र कम्प्यूटर कक्षा आज (मंगलबार) बाट लाटीकोइलीमा शुरु गरेको छ ।

निशुल्क तयारी कक्षा कार्यक्रममा प्रमुख अतिथी शिव मावि लाटीकोइली सुर्खेतका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरविक्रम जिसीले ‘वडाले विद्यार्थीहरुको अध्ययनलाई सरोकार राखेर निशुल्क कक्षामा ध्यान पूर्वक अध्ययन गर्न र समयको सदुपयोग गर्न विद्यार्थीहरुमा आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा शिक्षिका कमला गिरी सुवेदीले निशुल्क कक्षा संचालन गरेकोमा वडाको कार्यकको प्रशंसा गर्दै यो कार्यक्रमले अब अध्ययन गर्दा के अध्ययन गर्दा राम्रो हुन्छ भन्ने कुराको निर्क्योल गर्न सकिने बताउनुभयो ।

शिव माविका प्रधानाध्यापक चन्द्रलाल सापकोटाले वालवालिकाको शिकाइलाई प्रभावकारी बनाइ उच्च शिक्षा हासिल गर्न यो कार्यक्रमले ठूलो मद्दत पुग्ने बताउनुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापती एवं ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले सरकारी सामुदायिक विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुको लक्ष्य उद्देश्य एवं उज्ववल भविष्य बनाउनकालागि वडाले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । ‘हरेक विद्यार्थीहरुले विद्यालयको गतिविधीहरुलाई नियाल्नुपर्छ । विद्यालयमा अध्ययन राम्रो संग हुँदैन भने त्यसकालागि आवाज उठाउनुपर्छ ।’  उहाँले भन्नुभयो ।

विद्यार्थीहरु संघै विद्यालयको गतिविधी एव अध्ययन कस्तो भैरहेको छ । राम्रो भएको छ कि छैन ? यदी भएको छैन भने त्यसकालागि क्रान्तिकारी हुनुपर्ने अध्यक्ष मानन्धरको भनाई थियो ।

शिक्षक जगत पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा वडाका दुई सामुदायिक विद्यालयबाट एसइइ दिएका विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।