जेष्ठ ३०, रुकुम पश्चिम
मुसीकोट नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित टेकबहादुर विक जुवा खालबाट पक्राउ परेका छन् ।
मुसीकोट नगरपालिका–५ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले विकसहित अन्य जुवाडेलाई पक्राउ गरेको हो। मंगलबार राती ११ बजे प्रहरीले छापामारी विकसहित गोविन्द बुढा, मित्रलाल केसी, माधवप्रसाद शर्मा रामबहादुर गिरी लगायतलाई पक्राउ गरेको हो।
प्रहरीले जुवा खालबाट एक लाख ८१ हजार नगद समेत बरामद गरेको छ। प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।
उनीहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। कान्तिपुरबाट



Milan Shrestha । ३० जेष्ठ २०७५, बुधबार १०:१७ बजे