बसको ठक्करबाट १ जनाको मृत्यु


२९ पौष सुर्खेत । आज साँझ वीरेन्द्ननगरमा यात्रुबाहक बसले ठक्कर दिंदा एक साइकल यात्रीको ज्यान गएको छ । साँझ करिब ६:३० बजे तिर वीरेन्द्रनगरको बुलेबुले गेट नजिकै ना २ ख ३२१४ नम्बरको बसले साइकल यात्री रामबहादुर चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरी खेमराज बस्नेतले जानकारी दिनुभएको छ ।

बसलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भई रहेको ट्राफिक प्रहरी बस्नेतले बताउनुभयो ।