आइपुग्यो एनएसीको नयाँ विमान “अन्नपूर्ण”


१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरु पञ्चेबाजासहित स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ ।

नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ ।  विमानलाई नामाकरण गर्ने प्रचलनअनुसार अन्नपूर्ण नाम दिइएको हो ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । निगमले सबै रकम भुक्तानी गरिसकेकाले अर्को विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।

निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् । ती न्यारो वाइडबडी हुन् ।

अनलाइनखबरबाट