नयाँ क्रान्तिको तयारीको लागि फेरी वाइसिएल नेपाल समर्पित होसः प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले भ्रष्टाचारी, दलालहरु विरुद्ध सुशासनका लागि लागेको बताउनुभएको छ ।

आज वाइसिएल नेपालको कर्णालीका प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष प्रचण्डले सुशासन कायम गर्न माओवादीका नेता जोडिएका भए स्वंयम आफू जोडिएको भए नछाड्न बताउनुभएको छ । उहाँले राष्ट्र र जनताकालागि नयाँ क्रान्तिको तयारीको लागि फेरी वाइसिएल नेपाल समर्पित होस भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । मेरो सरकारका पालमा कर्णालीका जनताकालागि आर्थिक सुधारको अभियान चलाएको थिए । मेरो सरकारका पालमा चिन सित हिल्सा देखि हुम्ला सिमकोट सम्म बाटो बनाउने सम्झौता समेत गरेको थिए । साथै मैले कर्णालीलाई विशेष प्रदेश बनाएर विभिन्न कार्यक्रम बनाएको थिए तर अहिलेको सरकारले प्राथमिकता दिएन । अध्यक्ष प्रचण्डले भन्नुभयो ।

जनयुद्धको शुरुवात गर्दा कर्णालीका जनताले देखाएको वीरता सम्झदै प्रचण्डले दुश्मनका हतियार खोसेर दुश्मनलाई नै प्रहार गरेको बताउँदै कर्णाली सरकारमा आफ्नो पार्टीको सरकार हुँदा कर्णालीबासीका विकासकालागि धेरै कामको शुरुवात गरेको जिकिर गर्नुभयो ।

त्यस्तै प्रचण्डले आफुलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ, ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’