सुर्खेतमा निर्वाचन अवधीभर मादकपदार्थ विक्रिवितरणमा रोक


२५ बैशाख, सुर्खेत । जिल्ला प्रशासन सुर्खेतले जिल्ला भर स्थानीय तहको निर्वाचन अवधीलाई लक्षीत गर्दै मादक पदार्थ विक्री वितरणमा रोक लगाएको छ ।

प्रशासनले आज सूचना जारी गर्दै यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउनकालागि मादक पदार्थ विक्री वितरणलाई यही बैशाख २७ गते राती १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्रिवितरण निषेध गरेको हो ।

प्रशासनले सूचनाको अवज्ञा गरि कसैले मादक पदार्थ विक्रवितरण गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही गर्ने जनाएको छ ।