शिशुको हत्या गर्ने मैनसरा पक्राउ


अनलाइन सम्वाददाता
सुर्खेत, १२ चैत ।
आफैले जन्म दिएको शिशुको हत्या गर्ने एक महिलालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने काफलकोट गाविसका ७ का १८ वर्षिया मैमसरा विकलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको हो ।

गत कार्तिक ४ गते सोही गाविसका सुरेश विकसँग मैमसराले विवाह गरेकी थिइन् । तर विवाह गरेको ६ महिनामा उनले शिशुको जन्मदिएपछि गाउँलेले थाहा पाउने डरले शिशुको हत्या गरेको प्रहरीको भनाई छ ।

मैमसराले चैत्र ८ गते बच्चा जन्मिने वित्तिकै घाँटी थिचेर हत्या गरेकी थिइन् । सुरेशसँग विवाह गर्नु पूर्व नै मैमसराले पर पुरषसंग शारिरीक सम्वन्ध राख्दा गर्भ रहेको प्रहरी समक्ष बताएकी छन् ।

उनी विरुद्ध प्रहरीले कर्तव्य ज्यान अन्तरगत सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।