सरकारको बोली र व्यवहार फरक किन ?


 केन्द्रले लागु गरेन प्रदेश सरकारको निर्णय   !

 

८ बैशाख,सुर्खेत

“अरुले बोलेको के हुन्छ कुन्नी तर मैले बोले भने फरक पर्दैन , अ तेरो बोली त सरकारको लाहा छाप लाको हो र । “

यो माथीको हरफ कुनै काल्पनीक दन्त्य कथाको लाइन होइन गाँउ गाँउ टोल टोलमा सुन्ने गरीन्छन यी र यस्तै आवाजहरु जुन कुराले के झल्काउछ भने अरु मान्छेको भन्दा सरकारि बोलीमा दम हुन्छ अर्थात उनीहरुले बोलेको फरक पर्दैन ।त्यसैले त गरीव दुखीहरु सरकार सँग धेरैकुराको अपेक्षा गरी माग राख्दछन र सरकारले पुरा गरीदिन्छ भन्ने आस गरेका हुन्छन ।

साच्चै देश र जन्ताको लागी बनेको सरकारले आफ्नो होइन जनताको खुसी चाहन्छ आफु होइन देश र जन्ता खुखी भएको देख्न चाहन्छ मेरा खुसी र इच्छा भनेको देश र जनताकी खुरी र इच्छा हो भन्ने बुझेका हुन्छन । तर आफुलाइ अरुभन्दा अब्बल दर्जाको सावित गर्नेहरुले चाही  “भाँडमे जाए जन्ता ,अपने काम बन्ता “भन्ने गरेका छन ।

यस्तै प्रकारको बोली साबित भइरहेको छ कर्णाली प्रदेशमा गतबर्ष २०७४ फागुन १२ गते ६ नं. प्रदेश सभाले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी सुर्खेतको वीरेन्द्रनगर तोकेको थियो । सो कुरा ब्यवहारमा लागु हुन सकिरहेको छैन । कुनै गैरसरकरी स‌ंस्थाले आयोजनाको गरेको कुनै झारपात कार्यक्रम भइदिएकोभए ठिकै थीयो मिलाउन मिल्नेथीयो तर नेपाल सरकार गृह मन्त्रालय प्रदेश स्तरीय सुरक्षा गोष्ठी मा नै प्रदेश सरकारले गरेको निर्णयको अवमुल्यन गरी प्रदेश नं ६ लेखीएकाले अझैपनी सरकारले कर्णाली लाई हेर्ने दृष्टिकोणमा कुनै किसिमको परिवर्तन नल्याएको कुरा भान हुन गइरहेको छ ।

एउटा नामाकरण भइसकेको प्रदेश सरकारले सर्बसम्मत निर्णय गरी पारीत गरेको कुरालाइ त बेवास्ता गरीने देशमा कुन किसिमको संघियता हुने कस्ले कस्लाइ अर्हाउने कस्ले कस्को निर्णय मान्ने भन्नेकुराको जनतालाइ सुसुचित गराइदिनु पर्यो सरकार ।