जेठ २७, सुर्खेत ।
दश बर्षको लामो बिश्राम पछि गायक तिलक बुढा नयाँ गीतका साथ फेरी नेपाली सांगितिक क्षेत्रमा प्रबेश गरेका छन् ।
मूलुक संघिय संरचनामा प्रवेश गरेपछि ७ प्रदेशमा बाँडीएको नेपालको प्रदेश नं ६ (कर्णाली प्रदेश) लाई शिर्ष भागमा राखेर प्रदेशका सुन्दरताको बयान उनको गीतमा छ ।
कर्णाली प्रदेशको पर्यटकिय ताल रारा, नेपाली भाषाको जन्मथलो जुम्लाको सिंजा लगायतका स्थानमा पुगेर सो गीतको छायांकन गरीएको छ ।
खगेन्द्र न्यौपानेले निर्देशन गर्नुभएको सो गीगको कृष्णराज धमाला र खगेन्द्र न्यौपानेले रचना गर्नुभएको भने तिलक बुढा र गौरी भट्टले सुमधुर आवाज दिनुभएको छ । मेरो प्रदेश नम्बरछ, मेरो सुन्दर कर्णाली बोलको सो गीतमा बाबू कृष्ण, सरला रोकाया र साथीहरुले अभिनय गर्नुभएको छ ।




Milan Shrestha । २७ जेष्ठ २०७५, आईतवार ०७:३८ बजे