बैसाख ९, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख समक्ष सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । आज विहान प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमूख दुर्गाकेशर खनालसँग भएको भेटघाटमा मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।
भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको आइतवार सम्पन्न मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४/०७५ को लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मंगलवार वस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने कार्यसुची रहेको छ ।



Milan Shrestha । ९ बैशाख २०७५, आईतवार ०७:२३ बजे