
असार ३, जुम्ला ।
जुम्ला जिल्लाको हिमा गाँउपालिकाले नागरीकहरुको सहजताका लागि गाँउमै गएर नेपाली नागरिकताको प्रमाण पत्र बितरण गरेको छ । गाँउपालिका अध्यक्ष रजबहादुर शाहीको पहलमा जिल्लाको बिकट बस्ती सिंजा क्षेत्रमा बसोवास गर्ने नागरीकको सहजताका लागि गाँउमै नागरिकता बितरण गरेको हो ।
एकदिनको बाटो हिँडेर जुम्ला सदरमुकाम र नराकोटमा पालो कुरेर नागरिकता लिन समस्या खेपीरहेका स्थानियहरुको सहजताका लागि पालीकाको अगुवाइमा दुईदिने घुम्ति शिबिर सञ्चालान गरेर नेपाली नागरिकताको प्रमाण पत्र बितरण गर्न थालिएको हो ।
टोली मार्फत पहिलो नेपाली नागरिकताको प्रमाण पत्र लिने हिमा गाँउपालिका ४ कि देबु न्यौपानेले आफ्नै आँगनमा नागरिकता पाएकोमा खुसी ब्यक्त गर्नुभयो । गाँउमै नागरिकताको प्रमाण पत्र पाउने खबरले स्थानियहरु खुसी भएको र उनीहरु लाइनमा बसेर पालो कुरीरहेको कामु कार्यालय प्रमूख मधुशंकर उपाध्यायको भनाई छ ।
स्थानियहरुलाई नागरिकताको प्रमाण पत्र लिन एक दिन हिड्नु पर्ने, सबै कागजातहरुका बारेमा पनि जानकारी नभई दुख पाउने गरेकोले यसको सहजताका लागि आफुहरुले गाउँमै नागरिकताको प्रमाण पत्र बितरण गर्ने काम गरेको गाँउपालिका अध्यक्ष रजबहादुर शाहीको भनाई छ ।
गाँउमै नागरिकता पाएपछि स्थानियहरुले सिंहदरबार गाँउमै आएको भन्ने आभास भएको प्रतिक्रिय दिएकाछन् ।




Milan Shrestha । ३ असार २०७५, आईतवार ०७:५५ बजे