वीरेन्द्रनगरको लाटीकोइलीमा महाशिवरात्रीको तयारी पुरा


 

२६ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरमा यसबर्षको महाशिवरात्री पर्वको  तयारी सम्पन्न भएको छ ।

यसपटकको महाशिवरात्रीमा मुख्य आर्कषण रहेको नेपालमा नै पहिलो पटक एउटै ढुंङ्गाबाट निर्मित शिवपार्वतीको अर्धनारेश्वरको मुर्ति रहेको छ । मुर्तिमा विधिवत् रुपमा प्राण प्रतिस्थापन नगरेको हुनाले अहिले केवल दर्शनकालागि मात्र खुला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साथै समितिले मुर्तिमा पुजा नगरिदिन श्रद्धालुभक्तजनालाइ अनुरोध गरेको छ ।

यसैवीच महाशिवरात्री कै अवसरमा भोली लाटीकोइली शिवमन्दिर परिसरमा वीरेन्द्रनगर जेसीजले निशुल्क स्वास्थ्य चेकजाँच तथा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले निशुल्क चियापान गराउने तथा भोली पर्यटकहरुलाई निशुल्क काँक्रेविहार अवलोकन गराइने ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो ।