
१७ माघ, सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतले आज कार्यकर्ता पक्राउको विरोधमा आज कोणसभा गरेको छ ।
मालपोत सुर्खेतका प्रमुख संग छलफल गर्ने क्रममा कार्यकर्ता पक्राउ गरेपछि मजदुर किसान पार्टीले हिजो प्रेस विज्ञप्ती निकालेर विरोध जनाएको थियो भने आज जुलुस सहित कोणसभा गरेको हो ।
सभामा मजदुर किसान पार्टी सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापाले बहुदलीय व्यवस्थामा सबैले बोल्न पाउने सुनिश्चित भएपनि प्रमुख जिल्ला अधिकारीले पञ्चायती शैलीमा पक्राउ गरेको दुखद भएको बताउनुभयो ।
त्यस्तै पार्टीका सहसचिव शेरबहादुर शाहीले चोरलाई चौतारी र साधुलाई सुली भन्दै जनताका काम सहज रुपमा गर भन्दा पक्राउ गर्ने स्थानीय प्रशासन र प्रमुख जिल्ला अधिकारी नै भ्रष्टाचारी दलालहरुलाई पालेको आरोप लगाउनुभयो ।
स्थानीय मंगलगढी चोकबाट शुरु भएको विरोध र्रयाली नेता चोकमा कोणसभामा परिणत भएको थियो ।
यो पनि पढ्नुस
कार्यकर्ता पक्राउको विरोधमा नेपाल मजदुर किसान पार्टी सुर्खेत



Prawash Kumar Shakya । १७ माघ २०७७, शनिबार २१:३३ बजे