मार्क्सको जन्मजयन्ति मनाउन मूल समिति गठन


असार ३, सुर्खेत ।

कार्लमार्क्स जन्मोत्सव द्धितिय शताब्दी समारोह मनाउन कर्णाली प्रदेशमा एक समिति निर्माण गरीएको छ ।

१८१८ मा जन्मिएका कार्लमार्क्सको २ सयौं जन्म जयन्ति मनाउनका लागि कर्णाली प्रदेशमा प्रकाश ज्वालाको संयोजकत्वमा ७५ सदस्यिय मूल समिति गठन गरीएको हो ।

केन्द्रिय मूल समिति संयोजक घनस्याम भूषाल, सहसंयोजक राम कार्की सहितका नेतृत्वहरुको उपस्थितिमा मूल समिति गठन गरीएको हो । मूल समितिको आयोजनामा आगामी साउन ७ गते पुष्पलाल स्मृति दिवसका अबसरमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ५ सय ५० बढि यूवाहरुलाई मार्क्सवादी प्रशिक्षण दिइने नवगठित मूल समिति सदस्य विश्वराज बमले जानकारी दिनुभएकोछ ।