२ जेठ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले लकडाउनको अवधीमा वितरण गरेको E-pass तथा अन्य किसिमका सम्पूर्ण पासहरु जेठ ३ गतेदेखि रद्धको जनाएको छ ।
प्रशासनले कोरोना भाइरसक (कोभिड-१९)को संक्रमण बढ्दै गइरहेको एवं जोखिम उच्च रहेको भन्दै गृह मन्त्रालयको निर्देशन अनुसार जेठ २ गतेदेखि निर्माण संग सम्बन्धित सवारी तथा मानिसहरुको आवतजावतकालागि जारी गरिएको सम्पूर्ण पासहरु रद्ध गरेको जनाएको छ ।
रद्ध गरिएको अवस्थामा कुनैपनि किसिमको सवारी नचलाउन अनुरोध गर्दै प्रशासनले चलाएको पाइएमा कानुन बमोजिम कार्वाही हुने जनाएको छ ।




Prawash Kumar Shakya । २ जेष्ठ २०७७, शुक्रबार ११:५७ बजे