कर्णाली सरकार चेम्बर सँग सहकार्य गर्न तयार: मन्त्री बुढा


 

१६ असोज, सुर्खेत । सुर्खेत चेम्बर अफ कमर्सकाे विशेष साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

विशेष साधारणसभाकाे उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं वुढाले सुर्खेत चेम्बरसंग आफुहरु सहकार्य गर्दै अघि वढ्न चाहेको प्रष्ट पार्नुभएको छ ।

आफ्नाे मन्त्रालय चेम्बरको सहयोगी भएको वताउदै चेम्बरले अघि सारेका याेजनाहरु सफल पार्न के कस्तो सहयोग चाहिन्छ, नहिच्किचाई प्रस्ताव गर्न उनले आग्रह गर्नुभयो।

कर्णाली प्रदेशकाे वीरेन्द्रनगरमा स्थापित संस्थाले छाेटाे समयमा गरेकाे प्रगति प्रती आफु खुसी भएको वताउनुभयो । ‘पाेहाेर साल चेम्बरले आयाेजना गरेको मेलामा म आफु उपस्थित थिए । भव्य रुपमा सम्पन्न भएको उक्त मेलावाट संस्था निक्कै सबल वनेकाे छ,’ मन्त्री वुढाले भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि एवम् कर्णाली प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष पूर्णचन्द्र सापकोटाले केन्द्रीय स्तरमा नेपाल चेम्बर व्यवसायीहरुकाे मुख्य छाता संगठन भएको वताउदै कर्णाली प्रदेशमा चेम्बरको भूमिका वढाउन आग्रह गर्दै उहाँले संस्था स्थापना भै दाैडिन सुरु गरेकोले यस्काे गति राेक्न नहुने सुझाव दिनुभयो ।

सुर्खेत चेम्बरलाई कर्णाली प्रदेश चेम्बरको पूर्ण साथ र सहयोग रहने वताउनुभयो । उहाँले ढीलाे नगरीकन सदस्यता विस्तारलाई अभियान वनाएर अघि वढाउन आग्रह गर्नुभयो ।

यस्तै अर्का विशेष अतिथि गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले नयाँ आउने कार्यसमितिलाई व्यवसायीका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो ।

यसैविच सुर्खेत चेम्बर अफ कमर्सकाे विशेष साधारणसभाले पुन चिन्तामणि शर्माकै अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको छ । अ

पुरानै कमिटीलाई यथावत राख्दै वाणिज्य उपाध्यक्षमा निरकवहादुर वली, काेषाध्यक्षमा पदमबहादुर क्षेत्री र सदस्यहरुमा मनिष गहतराज, भगवती चपाई, यशाेदा चपाई लगायतलाई चयन गरेको छ।