एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?


तस्विरः गुगलबाट ।

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

नतिजा कसरी थाहा पाउने ?

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ। परीक्षा बोर्डको बैठक बसेपछि बेलुकी साढे ७ बजेमात्रै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो । यसअघि दिउँसो ४ बजे नै परीक्षाफल सार्वजनिक गर्ने भनिएपनि प्राविधिक कामले ढिलाई भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

नेपाल टेलिकमको १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। यस्तै शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको www.neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र एनसेलको वेबसाइट www.ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। www.edusanjal.com  र www.edukhabar.com  मा पनि नतिजा हेर्न सकिन्छ। मोबाइलमा SEE टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।

साभारः अनलाईन खबर ।