कर्णाली प्रदेश र ७ नम्बर प्रदेशका केटाकेटी बिच घम्साघम्सि


असार १०, सुर्खेत ।

सुदुरपश्चिम घुम्न आइगो, कालीकोटको कालो
सुवा सँग बाउली जोड्न्या, मेरै आयो पालो
यहीँ जन्मेकी, यहीँ हुर्केकी, सुदुरकी चेली हुौं
टाढै बस, टाढाका बाज, डस्न्या नागबेली हौं

यस्तै देउडा दोहोरी गीत मार्फत कर्णाली प्रदेश र ७ नम्बर प्रदेश बिच केटाकेटीले घम्साघम्सि गरेका छन् । यो अन्य बिबाद नभई गीत संगित मार्फत शन्देर र मनोरञ्जन प्रदान गर्न मात्रै हो ।

करिब एक दर्जन गीतहरु गाई आफ्नो पहिचान बनाई सकेको यूवा गायक धर्मराज न्यौपाने शिशिरको पछिल्लो कालीकोटको कालो बोलको देउडा दोहोरी गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

०६३ सालमा पढ्ने इच्छा हुँदाहँुदै बोलको आधुनिक गीत, ०६४ सालमा हाँस्यो हाम्रो हिमाल, बन्दै छ गणतन्त्र नेपाल, ०६५ सालमा गणतन्त्र मुस्कुराई आइगो एल्बम, ०७२ सालमा लालीघाट घटना ठाडी भाका, ०७२ सालमै नयाँ शक्ति पार्टीको देउडा दोहोरी, ०७२ मै नयाँ शक्ति पार्टीबारे सय सवाल, सबाफ गीति संग्रह प्रकाशन गरीसकेका शिशिरको पछिल्लो गीत हो कालीकोटको कालो ।

z२०४१ साल साउन २१ गते कालीकोट जिल्लाको सिप्खाना गाविसमा जन्मिएका शिशिर सानैदेखी गीत संगिमा रुचि राख्थे भने उनको यूवाअबस्था पनि सांगितक यात्रामै बित्यो, फलस्वरुप उनि निखारीएर गायन क्षेत्रमा प्रबेश गरेका हुन् ।
शब्द, संगित र स्वर धर्मराज न्यौपाने शिशिरको रहेको गीतमा देवी घर्तिले आवाजमा साथ दिएकी छन् । गीतमा सुदुरपश्चिम र मध्यपश्चिम बिच मायाको साइनो जोड्ने प्रयत्न गरीएको छ भने सुदुरकी चेलीलाई कालीकोट लिएर जाने अनि सुखी जीवन बिताउने कल्पना गरीएको छ ।