२५ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारको २४औं मन्त्रीपरिषद बैठक आज सम्पन्न भएको छ ।
बैठकले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम नियन्त्रण उपचार राहत तथा आवश्यक व्यवस्थापन गर्न कर्णाली प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकमवाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाख रुपैयाको दरले सम्वन्धित स्थानीय तहले स्थापना गरेको विपद व्यवस्थापन कोषका लागि वजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल सरकारलाई देश बाहिर र देश भित्र रहेका कर्णालीका नागरिकहरुलाई तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, नेपाल सरकारले सम्भावित जोखिम न्युनिकरण गर्न थप गरेको लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने गराउने निर्णय गरेको कर्णाली प्रदेश सरकारकाल प्रवक्ता कृषि मन्त्री विमला केसीले बताउनुभयो ।




Milan Shrestha । २५ चैत्र २०७६, मंगलवार १९:२८ बजे