
रमेश कुमार वली
सल्यान ९ असार जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना वालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका २ रिखेवगर निवासी डिल्ली बहादुर बुढाथोकीका साढे ४ वर्षिय छोरा दिपक बुढाथोकी हिजो वेलुकी मृत अवस्थामा भेटिएका हुन ।
खेत जोतेर फर्किन लागेका स्थानीय राम बहादुर भण्डारीले वेलुकी शारदा नदिमा डुवेको अवस्थामा वालकको शव भेटेपछि प्रहरीलाई खवर गर्नुभएको थियो ।
स्थानीय मेरिगोल्ड वोर्डिङ्गबाट पढेर घर फर्किने क्रममा पौडि खेल्न खोज्दा वालकको डुवेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वालकका वुवा हाल वैदेशिक रोजगारीका क्रममा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।



Milan Shrestha । ९ असार २०७५, शनिबार ११:३२ बजे