कर्णाली प्रदेशमा खाद्यको अभाव छैन्ः प्रवन्धक थापा (भिडियो सहित)


२९ बैशाख, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै देश लकडाउनमा रहेको र छिमेकी जिल्ला बाँकेको नेपालगंजमा कोरोनाका संक्रमित भेटिएपछि यतिवेला कर्णाली प्रदेशका सबै नाका सिल गरिएको अवस्था भए पनि प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा भने करिब २ महिनाकालागि पुग्ने खाद्य मौज्दात रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी (नेपाल खाद्य संस्थान)ले वीरेन्द्रनगर सुर्खेतमा करिव २ महिनाकालागि पुग्ने खाद्य मौज्दात रहेको जानकारी दिएको छ । यता आजै कर्णालीका नाकाहरु अर्को सूचना जारी नहुँदा सम्मकालागि नाका सिल रहेको जनाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरेन्द्रनगरमा चामल खरिद गर्नेहरुको भिड लागेको छ ।

हामीसंग खाद्य मौज्दात रहेकोले यसरी भिड गर्नुपर्ने कुनै आवश्यकता नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका शाखा प्रवन्धक भिमबहादुर थापा बताउनुहुन्छ ।