शहिद दिवस २०८० को उपलक्ष्यमा प्रदेश प्रमुख परियारद्वारा शुभकामना सन्देश व्यक्त


१६ माघ, सुर्खेत । शहिद दिवस, २०८० को उपलक्ष्यमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले सन्देशमा नेपाल र नेपालीहरुको आत्मा सम्मान र स्वतन्त्रताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगाएत सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिद दिवस नेपालको राष्ट्रियता जनतन्त्र र जनजीविकाकोे लागि प्राण आहुति गर्ने महान सहिदहरुको विशेष सम्झनामा गरिने दिन हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन आफ्नो जीवन बलिदान गर्ने वीर वीरङगानाहरुको समझना गर्न हरेक बर्ष माघ १६ गने सहिद दिवसको रुपमा मनाइँदै आईएको छ ।

राणा काल पूर्वका र राणाकाल विरुद्धका विभिन्न आन्दोलन २००७ सालको परिवर्तन, जनआन्दोलन पहिलो र दोस्रो, १० वर्षे जनयूद्ध, मधेश र जनजाति आन्दोलनहरु मार्फत नेपालीजनताले जति उपलब्धि प्राप्त गरेको छ, ती महान शहिदहरुको संघर्ष त्याग र बलिदान बाट मात्र सम्भव भएको हो । सङघीय लोकतात्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध बनाउन सहिदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने छ । यस अवसरमा हामिले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न र सबै नेपालीहरुले अपनत्व ग्रहण गर्न सक्ने उदेश्यले सरकारले पनि त्यसतर्फ निरन्तर प्रयास गरिरहने छ भन्ने विश्वास लिएकोछु । अन्तमा वीर शहिदहरुले गरेको बलिदानको उच्च मूल्याङकन गर्दे सामाजिक न्यायसहितको समतामुलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्ने प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु । उल्लेख गरिएको छ ।