अत्याधुनिक लिफ्ट र पार्किङसहित धरहरा ११ तले बन्ने


पुरातत्त्व विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक पार्किङको सुविधा हुनेछ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण हुनेछ । सिडिई घिमिरेले भने, ‘धरहरामा पार्किङको सुविधा हुनेछ । म्युजियम पनि निर्माण हुनेछ । म्युजिमय अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।’ विभागका अनुसार नवनिर्मित धरहराको डिपिआर कन्सल्टेन्ट केज/एमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख रुपैयाँ खर्च लाग्नेछ ।jk

१९९० को महाभूकम्पले काठमाडौं उपत्यकाको पहिचान ११ तले धरहरालाई ठुन्क्याइदियो । त्यसपछि पुनर्निर्माण गरिँदा ९ तले बन्यो । १२ वैशाख ०७२ को भूकम्पले धरहरालाई धुलोमा मिलाइदियो । १३ महिना बितिसक्दा बल्ल पुनर्निर्माणको खाका कोरिँदै गर्दा धरहरा फेरि पुरानै स्वरूपमा ११ तलाकै बनाउने तयारी हुँदै छ । तर, पुनर्निर्माणको गति भने निकै सुस्त र पत्यारलाग्दो छ ।

१२ वैशाखको भूकम्पबाट ध्वस्त धरहरा पुरानै स्वरूप र उचाइमा निर्माण गरिने भएको छ । भूकम्पका वेला नौतले रहेको धरहरा पुनर्निर्माण गर्दा ११ तले बनाइने भएको छ भने दुई सय ४५ फिट उचाइको हुनेछ । यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न विभागले ‘कन्सल्टेन्ट’लाई जिम्मा लगाइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
साभारः अनलाईन पत्रिका ।