गंगामालाद्वारा रक्तदान


अशोक राजी

२ पौष, सुर्खेत । गंगामाला स्वाबलम्वन बिकास बचत तथा ऋण सहकारी संस्था भेरीगंगा ११ छिञ्चुले आफ्‍नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सहकारीले आफ्‍नो १९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर वलीले गंगामाला सहकारीले धेरै राम्रा कार्यहरु गदै जाँदा रक्तदान जस्तो अझै राम्रो काम गरेकोमा धन्यवाद तथा बधाइ ज्ञापन गर्नुभयो । मानिसका लागि नभइ नहुँने रगत दान गर्दा अन्य जीवन दान जस्तो कार्य हुने भएकाले अझै आगामी दिनहरुमा यस्ता कार्यहरु गर्न सुझाव समेत दिनुभयो ।

यस्तै नेपाली काँग्रेस भेरीगंगा नगर समन्वय परिषदका सभापती बेदु गिरीले हरेक संघ संस्थाहरुले यस्ता रक्तदान जस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिन समेत आग्रह गर्नुभयो । कार्यक्रम एमालेका नगर अध्यक्ष लालमणी पौडेलले रक्तदान नै जीवन दान भएकाले सबै संघ संस्थाहरुले सामाजिक सेवामा जस्ता कार्यहरु गदै गए अझै राम्रो कार्य हुनेमा जोड दिनुभयो ।

यसैगरी ३४ जनाले रक्तदान गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि सुर्खेतका उपमन्त्री किशोर रेग्मी, उपशाखा छिन्चुका उपसभापती नरहरी रेग्मी, उद्योग बाणिज्य संघ भेरीगंगाका अध्यक्ष रत्न अधिकारी लगायतको सहभागीता संस्थाका सचिव गोकर्णबहादुर गुरुङले जानकारी दिनुभयो रक्तदान कार्यक्रम गंगामाला सहकारीका उपाध्यक्ष धनबहादुर कामीको सभापतित्वमा भएको हो ।