डिस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने


dish_setup_box

१९ असार, काठमाडौं । नेपालको एकमात्र डाइरेक्ट टु होम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ ।
डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएको छ ।

‘हामीले हिजो (आइतवार) यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, अब छिटै सर्वसाधारणमा सेयर जारी गर्ने योजना रहेको छ,’ डिस होमका बजार बिभाग महाप्रबन्धक कल्याण अधिकारीले भने ।

डाइरेक्ट टु होम (डीटीएच) प्रणाली मार्फत् डिस होम कम्पनीले सेटलाइटमाध्यमबाट टेलिभिजन च्यानल सेवा प्रदान गरिरहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । नेपालका उदयीमान बिजेनस ग्रुपहरु प्रभु समूह, आइएमइ समूह तथा हङकङको एक कम्पनीको यो कम्पनीमा लगानी रहेको छ । बैदेशीक कम्पनी स्याण्ड मार्टिनको डिस होममा ४७ प्रतिशत सेयर लगानी रहेको छ ।

साभारः अनलाइनखबर