पहुँचवाला लाई मात्र जनता आवास



अविरल ढकाल, जुम्ला
माघ ९
कर्णालीका ५ वटा जिल्लामा जनता आवासको कार्याक्रम लागु भएको छ । जनता आवास कार्यक्रम लागु भएको जुम्लामा ४ सय ३५ जना विपन्न दलितहरुले जनता आवासको कार्यक्रम बाट घर पाएका छन् । कालिकोट जिल्लामा गत वर्ष लागु भएता पनि जुम्लामा यो वर्षबाट मात्र लागि भएको हो ।

तिला गाँउपालिका १ रारा गाँउमा जसको घर नै छैन त्यो विपन्न दलितलले जनता आवासको घर नपाएका छैनन् तर जसको पक्की घर छ उसले नै नेपाल सरकारको जनता आवासको घर पाएको पाईएका छन् । तिला गाँउपालिका १ रारा गाँउका ३३ जना दलितले जनता आवासको घर निर्माण पाएका छन् तर पाएका मध्ये अधिकाशं २ तल्ले घर भएकाले जनता आवासको कार्यक्रम पाएका छन् ।

रारा गाँउका स्थानिय आउसे परियारले जनता आवास कार्यक्रमको लागि नेपाल सरकारले मागेको प्रमाण पेस गरेको बताइन् तर जनता आवास कार्यक्रम उनीले नपाएको गुनासो पोखिन । उनको घर २०७२ वैशाख १२ गतेको भुकम्पमा घर भत्किएको पछि अहिले घर विहिन भएको बताईन । सरकारले जनता आवासको कार्यक्रम लागु गरेको छ भने थाहा पाए पछि जिल्ला भवन डिभिजन कार्यालयमा निवेदन पनि पेस गरे पनि आफ्नो श्रीमान सानो उमेरमा नै टुहुरा भएको कारणले आफ्नो नाममा घर र जग्गाको नामसारी नहुदाँ जनता आवासको घर नपाएको कारणमा खुलाइन् ।

रारा गाँउका स्थानिय वीरबहादुर नेपालीले भने जसको नयाँ घर छ, त्यसलाई नै भत्काएर नयाँ बनाउन दिएको छ, तर जस्को घर नै छैन त्यसले पाएको छैन जनता आवास कार्यक्रमको घर, जसले स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा जितेका छन उनीहरुले पाएको वीर बहादुरले भने । कस्तो अन्याय हो यो – हामी गरिव दलितले त बुझ्नै सकेनौँ ।

नेपाल सरकारले दलितहरुलाई जनता आवासको कार्यक्रम बाट २ कोठा भएको एक तलाको घर निर्माण गरि दिने र आफै घर निर्माण गर्नेलाई २ लाख ६७ हजार सहयोग गर्ने निति रहेको छ । जुम्लfमा साविकको नराकोट गाविसमा २१ जना दलितले जनता आवासको घर पाएका थिए भने, तातोपानी गाविसका २० जना, पाण्डपगुफा गाविसका ४१ जना, बड्की गाविसका ३५ जना, रारालिही गाविसका ३३ जना, पातारासी गाविसका ३३ जना र चन्दननाथ नगरपालिकाका २१२ जना दलितहरुले जनता आवासको सुविधा पाएको जनता आवास कार्यक्रम जुम्लाका सब-इन्जिनियर चन्द्र बहादुर खड्काले बताए ।

आवासकालागि २ कोठे १ तलाको भवनमा जस्ताको छानो हुनुपर्ने रहेको छ जस अन्तर्गत जिल्ला समन्वय समितिले छनौट गरेको काममा २ सय १० जना दलितले घर निर्माण गर्न थालेका छन् भने २ सय ३५ जनाको घर निर्माण हुन बाकी रहेको सब-इन्जिनियर खड्काले बताए ।

यो जनता आवास कार्यक्रम कर्णालीमा ५ वर्षसम्म लागु हुने र पहिलो चरणमा जग्गाको नामसारी भएका दलितलाई दिएको छ । दोश्रो चरमामा कस्ता लाई सहयोग गर्छ केही थाहा नभएको जनता आवास कार्यक्रम जुम्लाका सब-इन्जिनियर खड्काले बताए ।

तर स्थानीयले भने जसको पक्की घर भएको, वडा सदस्य जितेको र श्रीमान वितेको श्रीमती कालिकोटमा विहे गरि गएको र घरमा कोही पनि भएको त्यस्ता दलितहरुले जनता आवासको घर सहयोग आरोप लगाएका छन् ।