
सुर्खेत, १६ आसार । वीरेन्द्रनगर नगारपालिका प्रमुख देवकुमार सुवेदीले सकहारी क्षेत्र निश्चित व्यक्तिहरुको र निश्चित व्यक्तिहरुको स्वार्थका लागी नभएको कुरा एक कार्यक्रम बिच बताउनु भएको छ ।
वीरेन्द्रनग नगरपालिकाको सहयोग र सहकारी कर्मचारी क्लब, वीरेन्द्रनगर–०६ सुर्खेतको आयोजनामा संचालित सहकारी व्यवस्थापक तथा सहकारी संचालक, सदस्यहरुका लागि सहकारी ऐन, नियम र व्यवस्था सम्बन्धि एक दिने क्षमता अभिवृद्धि तालिममा प्रमुख मेयर उक्त कुरा बताउनु भएको हो ।
प्रमुख सुवेदीले सहभागीहरुको जिज्ञासालाई पुरा गर्दे अब हामी सहकारी कर्मिहरु केन्द्रिय ऐन बाट संचालित हुने वा प्रदेश ऐनबाट संचालन हुने अन्यौलतामा नरहन आग्रह समेत गर्नुभयो । जसरी केन्द्रीय तहबाट पहुंचको आधारमा ऐन कानुन बन्ने र हामीले सोही हैकमबाद ऐनलाई मान्नु पर्दछ भन्ने छैन, केन्द्रिको सम्पूर्ण अधिकार प्रदेशमा आई सक्यो । उहांले हाल संचालित सहकारीहरुले आफ्नो बार्षिक लक्ष्य पुरा गर्ने प्रविधिमा कहि कतै आफ्ना सदस्यहरुलार्इृ गरिव बनाउने कार्य त गरिरहेका छैनौं यदि त्यसो हो भने सहकारीका नाममा गरिने व्यापार बन्द गर्दा हुन्छ, यहि साउन १ गते देखि सहकारी सम्बन्धि सम्पूर्ण कार्य नगरपालिका बाटै हुने हुनाले कडा अनुगमन गरिने समेत बताउनु भयो ।

सहकारी कर्मचारी क्लब सुर्खेतका अध्यक्ष सागरनाथ योगीको सभापत्तिमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खैतका अध्यक्ष अमृतकुमार विसी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र सुवेदी र कार्यक्रम प्रशिक्षक नारायण बेलवासे वीरेन्द्रनग नगरपालिका कर्मचारी ज्योती के.सी .लगाएतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण क्लबका सदस्य खम्मबहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रममा ७३ जना सहकारीकर्मिहरुको सहभागीता समेत रहेको थियो ।



Milan Shrestha । १६ असार २०७५, शनिबार ०५:२० बजे