यूवापुस्ता सक्षम हुन जरुरी छः अध्यक्ष मानन्धर


१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतले वडामा रहेका यूवापुस्ताकालागि रोजगारीमा सहजताकालागि नासु तहको निशुल्क  शिक्षा शुरु गरेको छ ।

वडा कार्यालयले सुर्खेत कम्प्यूटर इन्ष्टिच्यूट तथा कोचिङ्ग सेन्टर को समन्वयमा नासु तहको वडा स्तरिय निशुल्क लोक सेवा तयारी कक्षा शुरु गरेको हो ।

गतबर्ष पनि हामीले लोक सेवा आयोग तयारी कक्षा गरेका थियौ त्यस शिक्षाबाट वडाका केहीले लोकसेवामा नाम निकाल्न सक्नुभएको थियो यस पटक पनि यो शिक्षा लिएर फेरी वडा नागरिकले लोकसेवामा पक्कै पनि आफ्नो नाम निकाल्न सक्नुहुन्छ भन्ने विश्वास रहेको छ” ९ नं वडाका अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।

विषेश गरेर यूवापुस्ता आफू सक्षम हुन जरुरी छ र साथै निजामती सेवा तर्फ यूवा शक्ती बढाउनकालागि यो शिक्षा आवश्यक रहेकाले वडाले आफ्ना वडामा रहेका यूवापुस्ताकालागि यो कार्यक्रम गरेको हो । अध्यक्ष मानन्धरले बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाहरुको तर्फबाट चन्द्रसूर्य टोल विकास संस्थाका अध्यक्ष रमेश तुलाधरले वडाले आयोजना गर्ने यस्ता किसिमका कार्यले यूवापुस्तामा चेतनाको विकास हुनेम बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक भीम केसीले वडाले निशुल्क शिक्षा दिएको यस्लाई तनमन दिएर शिक्षा ग्रहण गरि आफ्नो जीवनस्तरलाई सुधार गर्न सकिने बताउँदै दत्तचित्त भएर अध्ययन गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा भक्तीप्रसाद काफ्ले र नन्दराम कँडेलले निजामती सेवामा संगालेका अनुभवहरु सुनाउनुभएको थियो ।

वडा सचिव देव मुलेलले सहजीकरण गर्नुभएको कार्यक्रममा ९ नं वडामा रहेका ३१ वटा टोल विकास संस्थाहरुबाट १/१ जना सहभागी तथा टोल विकास सस्थाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।