कर्णालीमा १२६ र ३४ नयाँ संक्रमित पुष्टि


११ बैशाख, सुर्खेत । कोरोना भाइरस covid 19 को महामारी दिनप्रतिदिन कर्णालीमा पनि बढ्दै गरेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार कर्णालीमा RT PCR प्रविधिद्वारा १५६ जनामा जाँच गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै Rapid Antigen प्रविधिद्वारा १५२ जनामा जांच गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमण पुष्टि भएका सुर्खेतका १०७ जना, दैलेखका ३ जना, सल्यानका ३ जना, जुम्लाका २ जना, कालिकोटका २ जना, जाजरकोटका १ जना, डोल्पाका १ जना र अन्य जिल्लाका ७ जना रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै Rapid Antigen बाट संक्रमण पुष्टि भएका दैलेखका १८, सल्यानका १०, कालिकोटका ४ र जाजरकोटका २ जना रहेको बताइएको छ ।