
मिलन श्रेष्ठ
७,जेठ सुर्खेत । बैँकका एटिएममा कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षा सावधानि अपनाइएको छैन । वीरेन्द्रनगर भित्र संचालित सुर्खेतका अधिकांस बैंकहरुको एटिएम कोठामा न स्यानिटाइजर छ न त हात धुने साबुन पानी नै राखिएको छ ।
यहि जेठ ५ गते सम्म रहेको लकडाउन बढेर पुन जेठ २० गते सम्म हुने भएपछि नेपाल राष्ट बैकले हिजो बैंक र बित्तिय सेवा सन्चालन सम्बन्धमा सुचना जारी गरे पश्चात फेरी नेपाल राष्ट्र बैकको तालिका अनुसार बैकहरु संचालन भएका छन् ।
बैंक संचालन तालिका अनुसार आज जिल्लामा संचालन भएका धेरै जसो प्राईभेट बैकहरुको अनुगमन गर्दा, बैकले एटिएम कोठामा नै स्यानिटाइजर नराखिएको पाईयो भने, धेरै जसो बैकहरुमा न्युनतम मापदण्ड समेत पालना नभएको देखियो ।
आज अनुगमनका क्रममा वीरेन्द्रनगर–६ तल्लो बजार स्थीत सांग्रीला बैक, बुद्धपथ स्थीत गरिमा बिकास बैंक , गणेशचौक स्थीत नबिल बैंक, नेपाल बंगलादेश बैक, वीरेन्द्रचोक स्थीत सनराईज बैक र एन.आई.सि एशिया बैकका एटिएम कोठा भित्र समान्य स्यानिटाइजर समेत राखिएको थिएन ।
जिल्ला स्थित ग्लोबल आईएमि बैक, एभरेष्ट बैंक र बैकं अफ काठमाण्डौमा सेवा ग्राहि नभएको अवस्थामा पनि एटिएम कोठा भित्र रहेको एटिएम मेशिन माथि स्यानिटाइजर राखिएको थियो ।
Milan Shrestha । ७ जेष्ठ २०७७, बुधबार २०:४७ बजे