रातोथुङ्गाको समिक्षाा सम्पन्न ।


१६ असार सुर्खेत

प्रगतिशिल लेखक संघ सुर्खेतद्वारा आयोजीत रातो थुङ्गाको १७औं अङ्क को आज एक कार्यक्रमकाबिच समिक्षा  सम्पन्न भएको छ ।

कार्यक्रममा पुस्तकका बारेमा राम्रा नराम्रा कमी कम्जोरीका बारेमा मज्जाले छलफल गरीएको थीयो । मोफसलमा बसेर प्रगतिबादी कलम चलाउन कठीनाइ भएको कुरा कार्यक्रमका बक्ताहरुको थीयो ।

देशमा   आमुल परिवर्तन त भयो तर यससँगै द्वन्दात्मक भौतिक बादको प्रयोग नभइरहेकोले अहिलेको समाज पछाडी परेको कुरामा पनी बिशेष जोड दिइएको थीयो ।

आनतरीक तथा बाह्य ब्यवस्थापन मा कमी भएका कारण प्रकाशन देखी  बिभिन्नकुराहरु बिबादमा आउने गरेको र सबैलाइ समेट्दै सबैको समाधान गर्दैजानेकुरा तिर सबैको जोडरहेको  छ ।

कार्यक्रममा सुर्खेतमा भएका  बिभिन्न  बिधाका साहित्यकारहरुको उपस्थिति रहेकाे थीयो भने सबैले आ आफ्ना गहकीला रचनाहरु बाचन समेत गरेकाथीए ।