दृष्टिविहीन हेरविचार केन्द्रको सहयोगीदाता सामाजिक संजालफेसबुक


ललित बसेल
सुर्खेत, २२ फागुन । 
      
सुर्खेत स्थित दृष्टिविहीन हेरविचार केन्द्रको सहयोगीदाता सामाजिक संजाल फेसबुक बनेको छ । दृष्टिविहीन बाल बालिकाहरुको अध्ययनमा सहयोग पुर्याउनकेन्द्रको स्थापना गरिएपनि आर्थिक सहयोग नपाएपछि संकटमा पर्दा सामाजिकसंजालको सहारा लिएर सहयोगी दाताहरु जुटाइएको हो । फेसबुकको मद्दतले अहिलेसम्म करिव ५ लाख रुपैया संकलन भइसकेको छ ।       
२०६७ सालदेखि केन्द्र संचालनमा आएपनि आर्थिक सहयोग जुट्न नसक्दा संचालनमा कठिनाइ भएको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्य बताउनु हुन्छ । सहयोग जुट्न नसकेपछि फेसबुकबाट सहयोगको आव्हान गरेको स्मरण गर्दै उहाँले अहिले सम्म करिव ५ लाख रुपैयाँ संकलन भइसकेको उल्लेख गर्नुभयो । उहाँले धेरैजसो सहयोग विदेशबाट आएको उल्लेख गर्नुभयो ।बढीमा ३ लाख रुपैयाँ सम्म सहयोग आएको छ,’ उहाँले भन्नुभयो ।
हेरविचार केन्द्रलार्इ कसैले जन्मदिनको, कसैला विहेको बार्षिकोत्सवको त कसैले जागीरमा बढुवा पाएको खुशीयालीमा रकम पठाउने गरेका छन्। पाए जतिसवै रकम उहाँले पारदर्शीरुपमा राखेको बताउनुभयो । कसले कति सहयोग गरेको छ, फेसबुकबाटै सार्वजनिक गर्नुभएको छ शाक्यले । आफूले मागी मागी हेरविचार  केन्द्र चलाएको उनले बताउनुभयो । नास्ता खाने रकम समेत केन्द्रमै लगानी गरेको बताउँदै उहाँले फजुल खर्च कटाएर दृष्टिविहीन बालबालिकाहरुको शिक्षादीक्षामा सहयोग गर्न सवैसंग उहाँले आग्रह गर्नुभएको छ ।
आफूलार्इ दृष्टिविहीन हेरविचार केन्द्र संचालन गर्न प्रेरणा दिने दृष्टिविहीन मैतुराम नेपालीप्रति उहाँले आभार प्रकट गर्नुभयो । पढ्न नपाएर आत्मदाहगर्न लागेका नेपालीलार्इ बचाएर उनकै आग्रह बमोजिम ब्रेललिपिको पुस्तकको खोजी गर्दैगर्दा दृष्टिविहीन हेरविचार केन्द्र स्थापना हुन पुगेको स्मरण शाक्यले गर्नुभयो ।
अहिले केन्द्रमा १० जना दृष्टिविहीन आश्रित छन्। छात्र दृष्टिविहीनहरुलार्इ रामघाटमा राखिएको छ भने छात्रा दृष्टिविहीनहरुलार्इ उच्च मावि इत्राम मा राख्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । एक जना दृष्टिविहीन अहिले स्नात्तकोत्तर र अर्को एकजना स्नातक अध्ययनरत छन्        आफ्नो जीवनकालमा एउटा छात्राबास निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।२० जना अट्ने क्षमताको छात्राबास बनाउने लक्ष्य छ,’ उहाँले भन्नुभयो, ‘त्यसकालागि सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थामा डेढ लाख रुपैया राखिएको छ । बाँकी सवै दाताहरुको आशमा रहेको उहाँले सुनाउनुभयो ।
शाक्यले संचालन गर्नुभएको दृष्टिविहीन हेरविचार केन्द्रलार्इ सवैले सानो भएपनि सहयोग गर्नुपर्ने सुझाव पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले दिनुभयो । उहाँले सामाजिक संजालको भरमा पनि सहयोग जुटाएर दृष्टिविहीन हेरविचार केन्द्र संचालन गर्नु आफैमा चुनौती भएको भन्दै सरकारी तथा गैर सरकारी निकायहरुले यतातर्फ आँखा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय अपांग महासंघ सुर्खेतका अध्यक्ष सम्मरबहादुर मल्लले समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
यसैविच केन्द्रको हिजो साधारण सभा सम्पन्न भएको छ । सभाले शाक्य कै अध्यक्षतामा ५ सदस्यीय कार्य समिती गठन गरेको छ । जस्मा उपाध्यक्ष मेनका आचार्य ,सदस्यहरूमा मैतुराम नेपालीदुर्गा आचार्य रेणुका काईराला रहनुभएको छ । बाकि अर्काे कार्यसमितीकाे बैठकमा मनाेनयन हुने अध्यक्ष शाक्यले बताउनुभयो । सभा नेपाल पत्रकार महास‌ंघ सुर्खेतका अध्यक्ष गणेशकन्चन भारतीको आतिथ्यतामा सम्पन्न भएको हो