लाटिकोइली शिव मन्दिरमा श्रावण मेला हुने


१६ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत लाटीकोइली स्थित ऐतिहाँसिक शिव मन्दिरमा धार्मिक शिव महोत्सव हुने भएको छ ।

आगामी श्रावण ७ गते महिनाको पहिलो सोमबार देखि ११ दिन सम्म श्रावण मेलाको रुपमा  “शिव महापुराण श्रावण मेला लाटिकोइली सुर्खेत धार्मिक शिव महा महोत्सव-२०७५” को आयोजना हुने वीरेन्द्रनगर-९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

ऐतिहासिक शिव मन्दिरलाई व्यवस्थित गर्नकालागि श्रावण मेलाको आयोजना गरिने मेलामा गोविन्दशरण महाराजले प्रवचन दिने वडा अध्यक्ष मानन्धरले बताउनुभयो ।

आज (शनिवार) सम्पन्न स्थानीयहरुको भेलाले ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा १ सय १ मुल समारोह समिति गठन गरेको छ ।